You are viewing the translated version of पुनरावेदनपत्रको जाँचबुझ, दर्ता र दरपीठ.

Rule 9
पुनरावेदनपत्रको जाँचबुझ, दर्ता र दरपीठ
गर्न सक्ने : (१) नियम ७ को उपनियम (१) बमोजिम पुनरावेदन प्राप्त भएपछि रजिष्ट्रारले रीत पूर्वकको भए नभएको जाँच गरी रीत पूर्वकको भए अनुसूची-२ बमोजिमको _ दस्तुर लिई त्यस्तो पुनरावेदन दर्ता गरी पुनरावेदकलाई त्यसको निस्सा दिनु पर्नेछ।
(२) नियम ७ को उपनियम (२) बमोजिम श्रम तथा रोजगार कार्यालय मार्फत प्राप्त पुनरावेदनको सम्बन्धमा सो कार्यालयले तोकेको तारेख बमोजिम पुनरावेदक अदालतमा उपस्थित भए पछि उपनियम (१) बमोजिमको कारबाही गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम जाँच गर्दा त्यस्तो पुनरावेदन रीत नपुच्याई ल्याएको देखिएमा रजिष्ट्रारले दरपीठ गर्न वा म्यादभित्र रीत पुच्याई ल्याउन सम्बन्धित पुनरावेदकलाई निर्देशन दिन सक्नेछ।
(४) उपनियम (३) बमोजिम निर्देशन प्राप्त भएमा पुनरावेदकले म्यादभित्र रीत पुच्याई ल्याएमा रजिष्ट्रारले त्यस्तो पुनरावेदन दर्ता गर्नु पर्नेछ।